गर्मी बढेसँगै किन घरको छत र बाटोमा पानी राख्नुपर्छ ?
sssssss sss

बरियारपट्टी । गर्मी मौसम सुरु भएसँगै तापक्रम अत्यधिक बढ्न थाल्छ, जसको असर केवल मानिसहरूमा मात्र होइन, चराचुरुङ्गी र जनावरहरूमा पनि पर्छ। पानीको अभावका कारण थुप्रै चराचुरुङ्गी तथा जनावरले कठिनाइ भोग्नुपर्छ। गर्मीमा प्राकृतिक जलस्रोतहरू सुकेपछि यी निर्दोष प्राणीहरू प्यासले तड्पिन बाध्य हुन्छन्। यस्तो अवस्थामा, हामी सबैले आफ्नो घरको छत, आँगन, वा बाटो छेउमा पानी राखेर उनीहरूको जीवन जोगाउन सक्दछौं।

चराचुरुङ्गीहरू हरेक मौसममा पानीको आवश्यकताको महसुस गर्छन्, तर गर्मीमा यो झनै बढ्छ। कतिपय चराचुरुङ्गीहरू लगातार पानीको खोजीमा रहन्छन्। यदि उनीहरूलाई उचित मात्रामा पानी नपुगेमा उनीहरूको मृत्यु समेत हुनसक्छ। त्यसैले, घरको छत वा झ्यालछेउ पानी राखिदिएमा उनीहरूले सजिलै पानी पिउन सक्छन्। यसले न केवल उनीहरूको जीवन बचाउँछ, तर पारिस्थितिक सन्तुलन कायम गर्न पनि मद्दत गर्दछ।

शहर तथा गाउँका कैयौं कुकुर, गाई, बाख्रा, र अन्य जनावरहरू गर्मीमा पानीको खोजीमा भौतारिन बाध्य हुन्छन्। कतिपय सडकका जनावरहरू त गर्मीका कारण निर्जलीकरण (डिहाइड्रेसन) भएर गम्भीर अवस्थामा पुग्छन्। यदि हामीले बाटो छेउ वा घर अगाडि पानीको भाँडो राखिदियौँ भने उनीहरूको लागि यो जीवनदायी सावित हुनसक्छ।

घरको छतमा सानो भाँडोमा पानी राखेर चराचुरुङ्गीहरूका लागि सफा पानी उपलब्ध गराउन सकिन्छ। त्यसैगरी आँगन वा बगैंचामा पानी राख्ने पछि चराहरूको लागि मात्र नभई घुमन्ते जनावरहरूका लागि पनि उपयोगी हुन्छ। बाटो छेउमा बाल्टिन वा माटोको गाग्रीमा पानी राखे पछी यसले गाई, कुकुर, बिरालो जस्ता ठूला जनावरलाई पानी पिउन मद्दत गर्छ।

चराचुरुङ्गी र जनावरहरू पनि प्रकृतिको अभिन्न अंग हुन्। गर्मीमा उनीहरूलाई पानी उपलब्ध गराउनु हाम्रो मानवीय दायित्व हो। सानो प्रयासले कैयौं निर्दोष प्राणीहरूको जीवन जोगिन सक्छ। त्यसैले, आउनुहोस्, हामी सबैले आफ्नो तर्फबाट पहल गरौँ र गर्मीमा चराचुरुङ्गी तथा जनावरहरूको लागि पानी राख्ने संस्कारलाई प्रोत्साहन गरौँ।ले

लेखक:- बिनोद कुमार यादव (वडा अध्यक्ष,बरियारपट्टी 

गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष)